उपत्यकामा ३८ सहित २२४ मा कोरोना : १९७७१ संक्रमित, १४३९९ डिस्चार्ज, ५६ मृतक (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २० हजार नजिक पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएअनुसार संक्रमितको कूल संख्या १९,७७१ पुगेको छ भने यीमध्ये ५६ जनाको मृत्यु भैसकेको छ भने १४,३९९ जना डिस्चार्ज भएका छन् । ५,३१६ जना संक्रमित विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत छन् ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २२४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा १० हजार ७ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा राजधानी उपत्यकाका राजधानी उपत्यकाका ३८ सहित २२४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ४१, काठमाडौंका ३२, बझाङका २५, कञ्चनपुरका १८, दार्चुलाका १६, कैलाली र मोरङका १५–१५, झापाका १३ र बैतडीका १०, बाराका ४, रौतहट, कास्की, दाङ र डोटीका ३–३, नुवाकोट, नवलपुर, म्याग्दी, गुल्मी र दैलेखका २–२, भक्तपुर, मकवानपुर, धनुषा, सर्लाही, सप्तरी, तनहुँ, रुपन्देही र बाँकेका १–१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृतक सबै वीरगञ्जका भएको मन्त्रालयले जनाएको छ । मृतक ४ मध्ये ३ जनाको वीरगञ्जमा र १ जनाको पाटन अस्पतालमा मृत्यु भएको हो । यो विवरणसँगै नेपालमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.16

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.16#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 31 juillet 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)