काठमाडौंमा ३१ सहित २४६ मा कोरोना : २०३३२ संक्रमित, १४६०३ डिस्चार्ज, ५७ को मृत्यु (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २०, ३३२ पुगेको छ । यीमध्ये ५७ जनाको मृत्यु भैसकेको छ भने १४,६०३ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गएका छन् । यतिबेला ५,६७२ जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा ८,८३१ जनाको पीसीआर परीक्षण गर्दा राजधानी उपत्यकाका ३१ सहित देशभरबाट २४६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ गरी पछिल्लो २४ घन्टामा उपत्यकाकै ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि संक्रमण पुष्टि भएर आइसोलेसनमा उपचाररत रहेकामध्ये पछिल्लो २४ घन्टामा १११ जना डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । आइतबार पुष्टि गरिएका संक्रिमितहरुमा सबैभन्दा धेरै पर्साका ८१, धनुषाका ३५, काठमाडौंका २२, मोरङका १६, सुनसरीका १२, डोटीका ११, कैलाली र बर्दियाका १०–१०, ललितपुर र स्याङ्जाका ८–८, महोत्तरी र कास्कीका ५–५, नवलपुर र लमजुङका ३–३, सर्लाही, रौतहट र तनहुँका २–२ तथा भक्तपुर, चितवन, सिन्धुली, गोरखा, बाग्लुङ, डोटी र दार्चुलाका १–१ जना रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.18

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.18

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 2 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)