काठमाडौंमा १०६ सहित थप ४६४ मा कोरोना : २२२१४ संक्रमित, १५८१४ डिस्चार्ज, ७० को मृत्यु (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २२,२१४ पुगेको छ । यीमध्ये ७० जनाको मृत्यु भैसकेको छ, १५,८१४ जना डिस्चार्ज भएका छन् र ६,३३० जना विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शुक्रबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ७,९२६ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौंमा ९२, ललितपुरमा १०भक्तपुरमा ४ गरी उपत्यकामा मात्रै १०६ जनासहित देशभर थप ४६४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४२५ जना विभिन्न अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भई आ–आफ्नो घर गएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.23

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.23#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Vendredi 7 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)