काठमाडौंमा १२७ सहित थप ५२५ मा कोरोना : ९५ को मृत्यु, २४९५७ संक्रमित, १६८३७ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसको संक्रमणपछि मृत्यु हुनेको संख्या ९५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार बिहीबार अपराह्नसम्म कोरोनाभाइरसका संक्रमितको संख्या २४,९५७ पुगेको छ । यीमध्ये ९५ को मृत्यु र १६,८३७ डिस्चार्ज हुँदा ८,०२५ जना सक्रिय संक्रमितका रूपमा विभिन्न आइसोलेसनमा उपचाररत छन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ गरी १२७ जनासहित देशभर थप ५२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा १०९ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । यतिबेला १४,७६९ जना देशका विभिन्न स्थानका क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.29

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.29#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 13 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)