काठमाडौंमा १७२ सहित थप ६४१ मा कोरोना : १०४ को मृत्यु, २६६६० संक्रमित, १७३३५ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २६,६६० पुगेको छ । यीमध्ये १०४ जनाको निधन भैसकेको छ भने १७,३३५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ गरी १७२ सहित देशभर थप ६४१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा १२,२४७ जनाको पीसीआर परीक्षण हुँदा २१८ महिला र ४२३ पुरुष गरी ६४१ जनामा कोरोनाभाइरसको संक्रमण संक्रमण पुष्टि भएको हो । हालसम्म जम्मा ५ लाख १७ हजार ९ सय ७ जनाको पीसीआर परीक्षण भएको उनले जनाएका छन् ।

मन्त्रालयले जनाएअनुसार यतिबेला १०० जना आईसीयूमा उपचाररत छन् भने ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् । आइतबार अपराह्नसम्मको विवरणअनुसार देशभर ९,२२१ जना सक्रिय संक्रमित विभिन्न अस्पताल तथा घरैमा समेत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घन्टामा १३४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएका छन् । यतिबेला देशभर १५,२४३ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमको भनाइ छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.32

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.32#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Dimanche 16 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)