काठमाडौंमा १६८ सहित ५८१ मा कोरोना : १०७ को मृत्यु, २७२४१ संक्रमित, १७४९५ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २७,२४१ पुगेको छ । यीमध्ये १०७ जनाको मृत्यु भैसकेको छ, १७,४९५ डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ९,६३९ जना विभिन्न अस्पताल तथा घरमै समेत आइसोलेसनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सोमबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंका १३९, ललितपुरका १५ र भक्तपुरका १४ गरी उपत्यकामा १६८ सहित देशभर ५८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्याका संक्रमित पुष्टि भएको प्राडा गौतमको भनाइ छ । पछिल्लो २४ घन्टामा १६० आइसोलेसनबाट डिस्चार्ज भएको समेत उनले जनाएका छन् । पछिल्लो २४ घन्टामा कोरोना पुष्टि भएका थप ३ जनाको मृत्यु हुँदा कोभिड– १९ का संक्रमितको मृत्यु संख्या १०७ पुगेको उनले जनाएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.01

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.01#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Lundi 17 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)