काठमाडौंमा २०० सहित थप ७०७ मा कोरोना : १२६ को मृत्यु, २९,६४५ संक्रमित, १७,९६४ डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या २९,६४५ पुगेको छ । यीमध्ये १२६ जनाको मृत्यु भैसकेको छ भने १७,९६४ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र ११,५५५ जना विभिन्न अस्पताल, आइसोलेसन केन्द्र र आ–आफ्नै घरमा समेत आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बिहीबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ गरी राजधानी उपत्यकामा २०० सहित देशभरबाट ७०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा २४६ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

भिडियोमा हेर्नोस् प्रवक्ता गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.04

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.04#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Jeudi 20 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)