काठमाडौंमा २१६ सहित थप ६३४ मा कारोना : १४६ को मृत्यु, ३१,११७ संक्रमित, १८,३५० डिस्चार्ज (भिडियोसहित)

होलिस्टिक संवाददाता

नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ३१,११७ पुगेको छ । यीमध्ये १४६ को मृत्यु भएको छ भने १८,३५० जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गैसकेका छन् र १२,६२१ जना सक्रिय संक्रमितहरू विभिन्न अस्पताल, आइसोलेसन सेन्टर तथा आ–आफ्नै घरमा आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिबारको नियमित मेडिया ब्रिफिङमा दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० गरी राजधानी उपत्यकामा २१६ सहित देशभर थप ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

आइसोलेसनमा रहेकामध्ये ८,७०५ जना जसमा संस्थागत आइसोलेसनमा र ३,९१६ जना होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताएका छन् । पछिल्लो २४ घन्टामा १३६ जना आइसोलेसनबाट डिस्चार्ज भएर आ–आफ्नो घर गएको समेत प्रवक्ता गौतमको भनाइ छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ । सुनसरीका २, पर्साका ३, बाराका १, सिरहाका १, मकवानपुरका १ र भक्तपुरका १ गरी पछिल्लो २४ घन्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

भिडियोमा हेर्नोस् प्रवक्ता प्रा.डा. गौतमको ब्रिफिङ–

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.06

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.05.06#COVID-19

Publiée par Ministry of Health and Population-Nepal sur Samedi 22 août 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Powered By: Code Logic Technologies Pvt. Ltd. Develop/Design: Shobhit Nepal © Holistic Health Pvt. Ltd. (2020)